देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकगीतका शिव : पहिले संघर्ष, अहिले हर्ष

देशान्तर

काठमाडौं । शिव हमाल गायनभन्दा सिर्जनामा अब्बल मानिन्छन् । स्याङ्जाको ज्याग्दीखोलामा जन्मेका हमाल २०६० को सुरुवातदेखि लोकगीतको यात्रामा अघि बढेका हुन् ।

उनका ‘देउरालीको भट्टी पसल’, ‘पछ्यौरी लेउ बैना’ गीत हिट बने भने मध्यम समयमा ‘सानु कहाँ छौ’, ‘हाँस्न सिकायौ’जस्ता गीत लोकप्रिय बने । पछिल्लो समय ‘लालुमै’ सर्वाधिक हिट बने ।

दोहोरी साँझ प्रवेशको संघर्ष
तर उनलाई दोहोरी साँझ प्रवेश गर्नै डेढ वर्ष लाग्यो । उनी सम्झन्छन्, ‘डेढ वर्ष त काठमाडौंको सडकमै भौंतारिए । माहोल सहज थिएन । दोहोरी साँझ सीमित थिए, कलाकार धेरै थिए । अहिले मेला महोत्सवमा जस्तो दोहोरी साँझमा ठेकेदारी प्रथा थियो ।’

मान्छे सानो, स्वर खासै नभएका कारण दोहोरी साँझमा काम पाउन निकै सास्ती खेपेको उनले बताए । ‘सिर्जना क्षमता छ भनेर त पछि थाहा पाए । त्यसबेला त कस्ले पत्याउने ? तर मलाई के थियो भने, लोकसंगीतमा केही गर्न सक्छु भन्ने आत्मविश्वास र भोक थियो ।’ हमाल भन्छन् ।
बल्लतल्ल ठमेलको सालीभेला दोहोरी साँझ प्रवेश पाए, हमालले । उनकै शब्दलाई सापटी लिने हो भने, अंकल गोविन्द गिरीले उनलाई दोहोरी साँझमा प्रवेश गराएका हुन् । तर पहिलो दिनमै ढुंगा लाग्यो ।

‘गाकै दिन साहुले ए.. यो केटो निकाल भनेको सुने । अनि, अंकलले नआत्तिनुस् न दादा, पछि राम्रो मान्छे पाएपछि निकालम्ला । अहिले काम गर्न दिनुस्, भन्नुभयो ।’ हमाल ती तीता दिन सम्झँदै भन्छन्, ‘पहिले निकाल भनेको साहुले काम हेरेर एक हप्तापछि राख्ने भए ।’ त्यसरी दुखले लोक गीतको यात्रा सुरु गरेको हमाल सुनाउँछन् ।

पीएन सापकोटा र आफ्नो लोकगीतको यात्रा एकै दिन र एउटै दोहोरी साँझबाट भएको स्वयम् हमाल सुनाउँछन् ।

रामजी र शिवको दोस्ती !
देउरालीको भट्टी पसल, पछ्यौरी लेउ बैना, रक्षा गर हरि, पा¥यांै मलाई रुन मायालुलगायतका गीतहरू रामजी र शिवको सहकार्यमा बजार आएका र चलेका गीतहरू हुन् । शिव सिर्जनामै तल्लिन देखिएका छन् भने रामजी सिर्जना र गायनभन्दा नाच्नमा व्यस्त देखिएका छन् । त्यसो त, शिवलाई पनि नाच्ने रहर नभएको होइन् । तर रामजीझैँ उनी व्यावसायिक रूपमा नाच्ने आँट गर्न सकेका छैनन् ।

गायक रामजी खाँण र हमाल सांगीतिक जोडी हुन् । घर पनि एउटै जिल्ला । तर व्यावसायिकताले यो जोडीलाई टाढा बनाएको दर्शकश्रोताले भान गरेका छन् । यो अभावलाई सर्जक हमाल आधाआधी स्विर्काछन् ।

रामजीसँग मात्र हैन्, व्यावसायिकताकै कारण खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मालगायतका हितैषी साथीहरूसँग पनि चाहेर पनि काममा सहकार्य हुन सकेको छैन ।

उनी भन्छन्, ‘सम्बन्धमा दरार आएकै कारण रामजीसँग गीति सहयात्रा नभएको होइन । हामी मन मिल्ने मान्छे पनि हांै तर व्यावसायिकताले टाढा बनाएको भान जरुर दिलाएको छ । एकअर्काको दुःखमा दुखी हुने र प्रगतिमा खुसी हुने साथी हौँ ।’

हमालले थप्दै भने, ‘लगानीकर्ता फेरिएपछि मेरो सिर्जना रामजीले गाउने मेसो नमिलेको मात्र हो । किनकि, पहिले कम्पनीले लगानी गथ्र्यो । एक आपसमा सहकार्य हुन्थ्यो । अहिले लगानीकर्ता प्रायः विदेशमा हुनुहुन्छ । कसैले लगानीकर्ताले शब्द लेख्नुहुन्छ, रामजीले गाउनुहुन्छ, कतिपयले मेरा सिर्जना लगानीकर्ता स्वयंले गाउनुहुन्छ । व्यावसायिकताले टाढा बनाएको भान हामीलाई पनि हुन्छ ।’

रामजीसँग मात्र हैन, व्यावसायिकताकै कारण खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मालगायतका हितैषी साथीहरूसँग पनि चाहेर पनि काममा सहकार्य हुन सकेको छैन ।

तपाईंको सिर्जना र रामजीको स्वरमा सिर्जना बजारमा आउँछन् कि नाई ? भन्ने प्रश्नमा सर्जक हमाल प्रष्ट बोलेनन् । सीधैभन्दा खुल्न चाहेनन् ।

त्यो टर्निङ पोइन्ट
पहिलो पटक आफन्त भेटका लागि काठमाडौं छिरेका हमालले केही समय प्रत्यक्ष दोहोरी पनि गाए । २०६० सालतिर पीएन क्याम्पस पोखरामा भएको दोहोरीमा भाग लिएका हमाल पराजित भए तर त्यही पराजय उनको प्रेरणाको स्रोत बन्न पुग्यो । त्यसपछि काठमाडौं हानिए, उनी ।

१० वर्ष दोहोरी साँझमा काम गरेका उनले कहिल्यै काम गरेनन् । उनले सिके मात्रै । उनी भन्छन्, ‘जागिरको लागि दोहोरी साँझ धाइन् । जहिल्यै पनि सिक्न प्रेरित भए । २०६२ देखि २०६४ सम्म लगातार दोहोरी गाए । २०६२ मा अधिकांश प्रतियोगिता गुमाए । २०६३ मा सुधार भयो । प्रतियोगितामा द्वितीय, तृतीय हुन थाले । त्यसपछि २०६४ मा लगातार पाँचवटा प्रतियोगितामा प्रथम भए ।’

‘सम्झनामा आँसु झरेको’ गीत रामजी र मेरो सहकार्यमा पहिलो गीत थियो । ‘प्रतिक्रिया निकै राम्रो आयो । कतिपयले त चुरोट खाउ त अझै राम्रो गीत फुर्छ पनि भने (नाम भन्दिनँ) ।’ त्यसपछि मञ्जु गौतमसँग ‘मन परेको फूल खसेको’ बजारमा ल्यायौं । गीत चल्यो तर एल्बम चलेन ।
रामजी खाँणको ‘पछि लाइँदैन’लगायतका गीत बजारमा थिए । त्यसबेलामा रामजीले कान्तिपुर म्युजिकमा काम गर्नुहुन्थ्यो । हमाल उत्साहित हुँदै भन्छन्, ‘त्यसबेला जहाँबाट गीत निस्कन्थ्यो, त्यही रामजीको जागिर ।’ त्यसपछि नजिक बन्दै गयौं ।

‘देउरालीको भट्टी पसल’ गीत रेकर्डिङ गरियो तर भिडियो गरेर गीत बजारमा ल्याउने कसरत गरेका थियौं । हमालले ती दिन सम्झिए, ‘चलेकै क्यासेट सेन्टरले गरेको हेपाहा व्यवहार बिर्सिएको छैन । आशिष म्युजिकले गीत लियो । गीत चल्यो । त्यसपछि पछाडि फर्कनु परेन ।’
‘त्यसकारण बिचौलिया हिजो पनि थियो, आज पनि छ । रूप फेरिएको मात्र हो ।’ गीत संगीतमा हुने हिंसाको विषयमा हमालले खुलेरै भने, ‘कमजोर मन भएकाहरू हिंसामा परेको देखेको छु । कतिपयको उद्धार पनि गरेका छौ । अझ यो फिल्डमा दोहोरो लुटाइ धेरै देखेको छु ।’