देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई हरायो

देशान्तर

काठमाण्डौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई हराएको छ । उपाधि होडमा रहेको लिभरपुलले गएराति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराएको हो ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुल विजयी भयो । लिभरपुलका जोएल मटिप र साडियो मानेले एक÷एक गोल गरे । डुगलस लुइजले खेलको तेस्रो मिनेटमा नै गोल गरेपछि एस्टन भिल्लाले अग्रता लिएको थियो ।

तर जोगाउन सकेन । छैटौं मिनेटमा मटिपको गोलबाट लिभरपुलले बराबरी गर्यो । खेलको ६५औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल जित निकाल्न सफल भयो । जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।

लिभरपुलको ३६ खेलबाट ८६ अंक छ । सिटीको ३५ खेलमा ८६ अंक छ । गोलअन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा छ ।