देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलङ्कामा प्रधानमन्त्रीले राजीनामा दिए पनि प्रदर्शन रोकिएन : भोलि पनि कर्फ्यु

देशान्तर

काठमाडौँ – श्रीलङ्कामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए पनि प्रदर्शन रोकिएको छैन ।

हिजो प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा गएराति राष्ट्रपति गोटाबाया राजापाक्षेले स्वीकृत गरे ।

सरकार विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशव्यापी कर्फ्युको घोषणा गरिएको छ ।

हिजो बिहान भएको हिंसात्मक प्रदर्शनमा एक सांसदसहित दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीले महिन्दा राजापाक्षेको पुरानो घर जलाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोमवार रातिदेखि मङ्गलवारसम्म लगाइएको कर्फ्यु आदेश भोलि बुधवारसम्मलाई थप गरिएको श्रीलङ्काको सरकारले जनाएको छ । श्रीलङ्कामा आर्थिक सङ्कट झनै गहिरिएको छ।

आर्थिक सङ्कट र त्यसपछि सुरु भएको प्रदर्शनका कारण मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । अहिले राजधानी कोलम्बोसहितका सहरमा राष्ट्रपतिको राजीनामा माग गरी प्रदर्शन भएको छ ।