देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

देशान्तर

काठमाडौँ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ ।

अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् ।

यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।