देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोलकाताकाे पाँचाै जित

देशान्तर

मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ  जित निकालेको छ ।

सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो ।

मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे । कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेकाे थियाे ।

कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए  । अजिन्का रहानेले २५ रनको योगदान गरे ।  मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए ।

जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा  छ  । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा  छ ।