देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिम्बाबे ‘ए’ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोर महतोले लिए ५ विकेट

देशान्तर

काठमाडौँ – नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसीय श्रृंखलाको अन्तिम तेस्रो तथा खेलमा जिम्बावे ए’ले नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण मैदान भिजेकोले ३३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको हो । जिम्बावेका लागि टाडिवानासेले अर्धशतक प्रहार गरे । नेपालका किशवर महतोले सर्वाधिक ५ विकेट लिए ।

जिम्बावे ए ले आक्रमक सुरुवात गरेको थियो । इन्नोसेन्ट किया र टाडिवानासे मारुमानीले पहिलो विकेटका लागि ४।२ ओभरमै ४० रनको साझेदारी गरेका थिए । मारुमानी ३१ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए ।

इनोसेन्ट कियाले १४ बलमा १ चौकासहित १२ रन बनाउँदै आशिफ शेखद्ववारा क्याच आउट भए । पहिलो पटक नेपालको सिनियर टोलीका लागि खेलिरहेका किशोर महतोले इन्नोसेन्ट कियालाई आउट गर्दै पहिलो विकेट लिए ।

कुडजाई माउन्जेले ३९, रोए कियाले ३६, कप्तान टोनी मुन्योङ्गाले २४, लुक जोङ्ग्वेले १९ र सेफास जुवायोले १६ रन जोडे । बलिङमा किशोर महतोले ७ ओभरमा १ मेडन राखेर ४३ रन खर्चँदै सर्वाधिक ५ विकेट लिए ।

सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।