देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले आज जिम्बाब्वे ’ए’ सँग तेस्रो एक दिवसीय खेल्दै

देशान्तर

काठमाण्डौ । नेपालले आज जिम्बाब्वे ’ए’ सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ ।

आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

अस्ति नेपालले जिम्बाब्वे ’ए’ लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ’ए’ सँग श्रृङ्खला खेलिरहेको हो ।

एक दिवसीयअघि भएको तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।