देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेरो प्रतिस्पर्धी नै छैन

देशान्तर

पहिलो कार्यकालमा के काम गर्नुभयो र दोस्रो कार्यकालका लागि फेरि उम्मेदवार हुन लाग्नु भयो ?
पहिलो कार्यकालमा नेपालको संविधानअनुसार स्थानीय तहको ऐन, कानुन बनाउने काम गरे । नागार्जुन नगरपालिका नयाँ भएको हुनाले यो नगरपालिकाभित्र रहेका सम्पूर्ण बाटो, घरलगायतका कुराहरूको मापदण्ड भौतिक पूर्वाधारतर्फ ढल, पुल, बाटो, खानेपानी, फोहोरमैला व्यवस्थापन, पर्यटकीय क्षेत्रको विकास, शिक्षा स्वास्थ्यलगायतका कुराहरू ग¥यौं ।

भनेको अझैं काम गर्नका लागि समय चाहियो ?
पछिल्लो दुई वर्ष त हामीले कोभिडले गर्दा केही गर्न पाएनौं । एक वर्ष संघीय र प्रदेशको चुनावले पनि समय लियो । बचेको दुई वर्षको समयमा हामीले १० वटै वडामा विकास निर्माणका योजनाहरू अगाडि बढायौं । तर ती सबै योजनाहरू अझै अपूरा भइरहेको अवस्थामा ती योजनाहरूलाई पूर्णता दिनका लागि आम नगरवासी, राजनीतिक दलले पनि मलाई अघि सार्नुभएको हो । यसमा पाँच दलको गठबन्धनले पनि पूर्णरूपमा समर्थन गरेर नै म फेरि चुनावमा उत्रिएको छु । म एक जना राजनीतिककर्मी भएको हुनाले उहाँहरूको अनुरोधलाई स्वीकार गरेर चुनावमा होमिएँ ।

तपाईंका चुनावी एजेन्डा के के हुन् त ?
मेरो एजेन्डा भनेको जनताको कानुनी अवधारणाअनुसार कानुनी राज्य स्थापनाका लागि हो । कानुनलाई संस्थागत रूपमा पालन गर्नुपर्छ । नेपाली कांग्रेसले दीर्घ रोगी, क्यान्सर पक्षघात भएकालाई मासिक पाँच हजार दिएको छ । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्नेछ ।

सेवा प्रवाह गर्दा भेदभाव हुने गरेको भनेर आरोप पनि लाग्ने गर्छ ?
यो पाँच वर्षको दौरान छ । नागार्जुन नगरपालिकाबाट संघीय सांसददेखि मन्त्रीसम्म कम्युनिस्टका व्यक्तिहरू थिए । साथै राप्रपाको पनि बलियो पकड रहेको क्षेत्र पनि यही हो । त्यसले गर्दा यहाँ मैले पक्षपात गरेको भए मेरो पाँच वर्षको कार्यकाल यति सहज हुँदैनथ्यो र अहिले दोहो¥याउने अवस्था पनि आउँदैनथ्यो ।

गठबन्धन भएकाले चुनाव जित्न तपाईंलाई सहज हो ?
म कसैलाई पनि अन्डरइस्टिमेट गर्दिनँ । म सबैलाई माया र सम्मान गर्ने उम्मेदवार हुँ । तै पनि चुनावी माहोलमा सबैको साथ र समर्थनमा उम्मेदवार भएको हुनाले जित्नलाई गाह्रो छैन । यहाँका मानिसले स्थानीय तह भनेको दलगतभन्दा पनि काम गर्ने व्यक्तिको रूपमा मलाई हेरेका छन् । त्यसैले मैले यो चुनावमा मेरो प्रतिस्पर्धी नै देखेको छैन ।