देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

देशान्तर

एजेन्सी – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरू लगाइसकेकाले कुनै अप्ठेरो समस्या भने नदेखिएको अधिकारीहरूले जनाएका छन्।

उनी अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहेकासमेत विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुस नगरेको र घरबाटै काम गर्नेगरी तयारी गरेको समेत बताइएको छ।