देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारकी नेतृ सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको अपिल खारेज

देशान्तर

काठमाडौँ – म्यानमारकी नेतृ आङ सान सुकीले आफूलाई भ्रष्टाचार अभियोगमा सुनाइएको सजाय पुनर्विचार गर्न गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ ।

म्यानमारको सैन्य सरकारसँग निकट अदालतले सुकीले गरेको अपिललाई अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि भ्रष्टाचारको आरोपमा सुनाइएको पाँच वर्षको सजाय विरुद्ध नेत्री सुकीले अपिल गरे ।

७६ वर्षीया सुकीलाई यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उनले कोभिड–१९ नियम उल्लङ्घन गरेको, सैन्य सरकारविरुद्ध नागरिकलाई उक्साएको, देशको गोपनियता भङ्ग गरेको, भ्रष्टाचार गरेकोलगायतका आरोप छन् । अहिले सुकीका वकिललाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ।

म्यानमारमा सेनाले सत्ता कब्जामा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियानमा भएका हिंसात्मक घटनामा एक हजार ८ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १३ हजारभन्दा धेरै पक्राउ परेका विवरण सार्वजनिक भएका छन् ।