देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नाकैमा फुलि’संगै प्रज्ञाको बजारमा चर्चा (भिडियो सहित)

देशान्तर

गायिका प्रज्ञा लामाको ‘नाकैमा फुलि’को चर्चा ह्वात्तै बढेको छ । हप्तादिन अगाडि मात्र आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको ‘नाकैमा फूलि’ डेड लाखभन्दा बढिले हेरिसकेका छन् ।
वरिष्ठ संगितकार शिलबहादुर मोक्तानको शव्द र संगितमा गायिका लामाले सुमधुर स्वर भरेकी छन् ।

लोकसेलोमा आधारीत ‘नाकैमा फुलि’को छायांकन भने काभ्रे र धुलिखेलमा गरेको देखिन्छ । म्यूजिक भिडियोमा ‘भिमफेदी गाइज’ समूह, नायिका निरञ्जली लामा र स्वयम प्रज्ञाको छमछमी नाच हेर्न सकिन्छ । गायिका लामाको यसअघि ‘सानो हाम्रो घर छ’, र ‘कान्छा’ नामको म्यूजिक भिडियोले चर्चा पाएका थिए । अघिल्लो म्यूजिक भिडियोलाई जसरी नै ‘नाकैमा फुली’लाई पनि दर्शक र स्रोताले उत्तिकै मायाँ गर्नेमा आफु आशावादी रहेको लामाको भनाई छ ।

(भिडियो सहित)