देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाइको हत्या आरोपमा दाजु भाउजू पक्राउ

देशान्तर

लहान । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजूलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजू ३५ वर्षीया निरोदेवी राय रहेका छन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा २०७३ फागुन १७ गते राति घरमा आगलागी हुँदा घरको कोठामै भाइ प्रदीप रायको जलेर मृत्यु भएको थियो ।

घटनाको अनुसन्धान गर्दै जादाँ फुलगेन र निरोदेवीको संलग्नता रहेको देखिएकाले दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए ।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए । काठमाडाँैमा प्रतिज्ञा मेनपावर सञ्चालन गर्दै आएका प्रदीप साथीको भतिजोको बिहेमा सहभागी हुन मिर्चैयास्थित घर आएको र सोही क्रममा दाजु र भाउजुको योजना अन्तर्गत प्रदीपको हत्या भएको अनुमान प्रहरीको छ ।