काठमाडौं । सरकारले मधेसी मोर्चासँग शुत्रलवार निर्णायक वार्ता गर्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आशुक्रवार आन्दोलनरत मधेशकेन्द्रित दललाई वार्ताका लागि बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान ८ बजेका लागि बोलाइएको वार्तामा संविधान संशोधन र स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
संविधान संशोधनको नयाँ विधेयक अस्विकार गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चालाई प्रधानमन्त्री अहिले बिहान साढे ८ बजे वार्ताका लागि बोलाएका हुन् ।
सत्ता साझेदार दल तथा प्रमुख प्रतिपक्षी एमालेबाट मोर्चा सहमतिमा आउने भए दुई चरणमा चुनाव गराउन सहयोग गर्ने बताएपछि प्रधानमन्त्रीले मोर्चासँग छलफल गर्न लागेका हुन् । मधेसी मोर्चामा रहेका ६ दलबीच एकीकरण भएपछि बनेको राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र संघीय सद्भावना पार्टी गरी तीन शक्तिमात्र आगामी दिनमा मोर्चामा रहनेछन् ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले तराई–मधेसको निर्वचानबारे छलफल गर्न प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाएको जानकारी दिए ।
प्रतिक्रिया