नेपाली कांग्रेसले सिर्जना सिंहलाई महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । उम्मेदवार बन्ने चर्चासँगै उनी नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको पत्नी भएकाले टिकट पाएको भन्दै आलोचना पनि भएको थियो ।
अन्तत: आलोचना भएपनि कांग्रेसले उनै सिर्जनालाई मेयरको उम्मेदवार बनाएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी छिन् ।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग प्रस्तुत भएकी सिंहले आफूले प्रकाशमान सिंहको पत्नी नभई राजनीतिक योगदानका कारण टिकट पाएको प्रष्ट पारिन् । नेताको पत्नी भएकाले तपाईले सहज रूपमा टिकट पाउनुभयो भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हो म गणेशमानसिंह बुहारी, प्रकाशमानसिंहको श्रीमती हो । यो कुरा कतै लुकाएर लुक्दैन् । प्रकाशमानलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नो राजनीतिक योगदान पार्टीमा थियो ।’
‘देशमा प्रजातन्त्र ल्याउन धेरै संघर्ष गरेको उनले स्मरण गराईन् । देशमा प्रजातन्त्र ल्याउन, महिलाहरूको हकहितका लागि धेरै संघर्ष गर्दै आएको व्यक्ति हुँ । मैले हनुमानढोका छिँडी धेरै कटाएको छु,’ उनले भनिन्, ‘प्रजातन्त्र ल्याउन मेरो आफ्नै योगदान छ । बिहे गरेपछि मैले राजनीति छोडेन् । तर, कुनै पनि पदमा बसिन् । घरका सबै जना राजनीतिमा भएकाले कुनै पद ओगटेर बसेको थिईन् । तर, मैले राजनीतिक रूपमा गर्नुपर्ने कामहरू गर्दै आएकी थिइन् ।’
भातृ संगठनमा, महिला संघमा रहेर लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ छ । उनी अहिले पनि नेपाली कांग्रेस महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार रूपमा पनि रहेकी छिन् ।
‘म जीवनभर लोकतन्त्रको लागि लडेर आएको परिवारको मान्छे हुँ । मैले राजनीतिक परिवर्तनका लागि लामो संघर्ष गरेर आएको हुँ । पार्टीले मलाई मेरो क्षमता र पार्टीमा पु¥याएको योगदानको आधारमा टिकट दिएको हो ।’ सिंहले भनिन् ।
प्रतिक्रिया