देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु

देशान्तर

काठमाडौँ – आउँदो ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

केही दल आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिको कार्यालय पुगेका छन् । सत्ता गठबन्धनले भने धेरैजसो ठाउँमा भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दिने तयारी भएको गठबन्धनले जनाएको छ । यस विषयमा थप छलफल गर्न आज दिउँसो ३ बजे गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको बैठक बस्दैछ ।

आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चुनावमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने छन् । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ ।

मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ । २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् ।

३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मनोनयन दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ ।