देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घिरिङ्ग एमालेमा पहिरो

देशान्तर

तनहुँ । एकीकृत समाजवादीका केन्द्रिय सदस्य शंकर पोखरेलले एमालेको गढ मानिएको तनहुँको घिरिङ्ग एमालेमा पहिरो ल्याइदिएक छन्। पार्टी भित्र बौद्धिक नेताको परिचयले स्थापित नेता पोखरेल सांगठानिक रूपमा समेत अब्बल देखिएका छन् ।

पोखरेलले एमालेको गढबाट घिरिङ्ग गाउपालिका वार्ड नम्बर २ मा एमालेबाट निर्वाचित वार्ड अध्यक्ष पुर्ण बहादुर थापालाई एकिकृत समाजवादीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा श्रम मन्त्री विशान श्रेष्ठ पनि सहभागी थिए ।

पूर्ण बहादुर २०५४ सालकाे निर्विराेध गाविस अध्यक्ष हुन् । हाल एमाले तनहुँको जिल्ला सचिवालय सदस्य रहेका थापा घिरिङ्गका लोकप्रिय नेता मानिन्छन् । उनको प्रवेशसँगै चिरिङ्ग गाउपालि नेकपा एकिकृत समाजवादीको आधार इलाकाको रुपमा अघि बढ्ने पोखरेलको भनाई छ ।