देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच मधेशी पार्टीबीच एकता, राष्ट्रिय जनता पार्टीको घोषणा हुँदै

देशान्तर

काठमाडौं । मधेशी मोर्चा आवद्ध पाँचवटा पार्टीका बीचमा एकिकरण भएको छ । एकिकृत पार्टीमा मधेशबाट प्रतिनीधित्व गर्ने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रीक फोरमको सहभागिता नहुने भएको छ । अनिल झा नेतृत्वको संघीय सदभावनालाई पनि एकिकृत पार्टीमा समेट्ने प्रयास भइरहेपनि अझै सहमति हुन नसेको बताइएको छ । पाँच पार्टीबीचमा एकता सम्भवतः बिहिबार नै बिषेश कार्यक्रम गरेर औपचारिक घोषणा हुने नेताहरुले बताएका छन् । अहिले तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीचमा मध्यरातमा पार्टी एकता गर्ने सहमति भएको हो ।

नयाँ पार्टीको नाममा मधेस शब्द हटाउँदै ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ राख्ने पनि सहमति भएको छ । झन्डामा तीन रंग प्रयोग गरिने सहमति भएको बताइएको छ । एकता गर्न भएको सहमति अनुसार पार्टी सामूहिक अध्यक्ष मण्डल बनाएर नेतृत्व सञ्चालन हुनेछ । पार्टी सञ्चानका लागि अध्यक्षमण्डल बनाउने र सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलको नेता रहने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने गरी सहमति भएको छ । एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन् । अनील झा पनि जोडिएमा उनी पनि अध्यक्ष मण्डलको नेता हुने बैठकको निर्णय छ ।

हाल मधेसमा अस्थित्वमा रहेका मधेस केन्द्रित दलहरुमध्ये संसदमा प्रतिनिधित्वका आधारमा एकिकृत पार्टी राजपा सबैभन्दा ठूलो दल बनेको छ । अब संसदमा यो दलको सीट संख्या २३ पुगेको छ । हाल संसदमा तमलोपाको ११ सीट छ भने सदभावनाको ५ सीट छ । रामसपा र तमसपाको ३र३ सांसद छन् भने गणतान्त्रिक फोरमको १ सीट छ । यो सबै जोड्दा अब नयाँ पार्टी २३ सीटको बनेको छ । संसदमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको १६ सीट छभने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको १५ सीट छ भने । यो आधारमा हेर्दा अब राजपा संसदमा पाँचौं दल बन्न पुगेको छ । ३७ सीट रहेको चौथो शक्ति राप्रपा पछाडि राजपाको स्थान बनेको छ ।