स्थानीय तहको निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न भन्दै आज पनि बैठक बोलाएको छ ।
आज बिहान साढे ११ बजे गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेर टुंगोमा पुग्ने तयारी गरिएको छ ।
दलहरुकाबीचमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गर्ने विषयमा सोमबार पनि छलफल भएको थियो । साेमबार सहमति नभएपछि आज पुनः बैठक बसेर टुंगोमा पुग्ने गरि बैठक सकिएको थियो ।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा दाबी गरेको छ भने एकीकृत समाजवादीले पोखरामा दाबी गर्दै आएको छ ।
माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले वीरगञ्ज पाउने विषयमा सहमति नजिक पुगेको बताइएको छ ।
सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा आज सहमति जुट्ने दाबी गरेका छन् ।
प्रतिक्रिया