देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चट्याङ लागेर बालकको मृत्यु

देशान्तर

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिका–४ हाँडीखोलमामा बुधवार अपराह्न चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय बालक अशोक प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरमै बसिररहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर उनका बाबु रामकुमार प्रजा सामान्य घाइते भएकाले उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।