देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितुवाको छालासहित एक पक्राउ

देशान्तर

वैतडी । चितुवाको छालासहित बैतडीको पाटनबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताए । पक्राउ परेका सुतारलाइ बुधवारै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार रु २० हजारभन्दा माथि जरिवाना र छ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए ।