देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार महासंघ भोजपुरमा दुई समिति, चौतारी बाहेकका संगठन एकठाँउ

देशान्तर

भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरमा शाखामा केन्द्रीय समितिको अर्कमन्याताका कारण दुईवटा समिति बनेका छन् । पत्रकार महासंघ भोजपुरका संस्थापक सदस्य चित्राङगत चौलागाई र श्यामकृष्ण दाहालको नेतृत्व भएको दुईवटा कार्यसमिति वनेको छ । मंगलबार सम्पन्न भएको अधिवेशनमा विवाद भएपछि दुई समिति बनेको हो । प्रेस चौतारी र प्रेस युनियन, प्रेस सेन्टर र संघिय प्रेस फोरमवीच विवाद बढेपछि प्रेस चौतारीले एकलौटी समिति बनाएको थियो ।

अधिवेशनबाट तीन संगठन बाहिरिएपछि चौतारीले एकलौटी गरेको थियो । सहमतिको नाममा अन्य संगठनलाई वेवस्ता गरेको भन्दै अधिवेशन बहिस्कार गरेका चौतारी बाहेकका अन्य संगठनले बुधबार चौलागाईको नेतृत्वमा अर्को समिति बनाएका हुन् । फागुत ७ गते भएको अधिवेशन मा नेतृत्व चयनमा विवाद बढेपछि अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

केन्द्रीय समितिले बैशाख ७ भित्र सबै जिल्ला अधिवेशा सक्न निर्देशन दिएपछि भोजपुरमा बुधबार अधिवेशन गरिएको थियो । फागुन ७ गते चौतारी वाहेक अन्य संगठनको एलाइन्ससँग हार्ने देखेपछि चौतारीले विवाद बढाएको प्रेस सेन्टर भोजपुरका अध्यक्ष राजन समिपले बताए । मंगलबार भएको अधिवेशनमा महासंघ साझा संस्था भएकाले सहमतीकै आधारमा नेतृत्व चयन गर्नु पर्ने पक्षमा तीन संगठन भएपनि चौतारी सहमतिको पक्षमा नदेखिएकाले तीन संगठनले अधिवेशन बहिष्कार गरेको उनले बताए ।