देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल विद्यार्थी सङ्घको ४८ औं स्थापना दिवस सवै स्थानिय तहमा मनाइयो

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आफ्नो ४८ औँ स्थापना दिवसमा अवसरमा देशभरका ७४४ वटै स्थानीय तहमा निर्वाचन परिचालन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । गाउँ जाउँ–नगर जाउँ, जनता जगाउँ–काँगेस जिताऔँ भन्ने मूल नाराका साथ आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर उक्त कार्यक्रम आयोजना गरेको हो ।

नेवि सङ्घका अध्यक्ष नैनसिंह महरले आसन्न निर्वाचन, संविधान कार्यान्वयन, परिवर्तित संरचना, स्थानीय तहको अधिकार, समसामयिक शैक्षिक मुद्धा, राष्ट्रिय एवम् विकास र समृद्धिका विषयमा प्रशिक्षण हुने बताए । उनले निरङ्कुश पञ्चायती सत्ताविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि नेवि सङ्घले नेतृत्वदायी भूमिका खेलेको भन्दै भने–‘लामो समयपछि मुलुकले संविधान पाएको छ यसलाई कार्यान्वयन गर्नका लागि नेविसङ्घले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

दलहरु प्रतिबन्धित भएको अवस्थामा २०२७ वैशाख ६ गते स्थापना भएको नेवि सङ्घमा हाल १० लाख सदस्य आबद्ध भएको नेवि सङ्घले जनाएको छ । नेविसङ्घका संस्थापक अध्यक्ष विपीन कोइराला हुन् । त्यसपछि क्रमशः शेरबहादुर देउवा, विमलेन्द्र निधी, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण र अहिले महर अध्यक्ष द्धन् ।