देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यातायात विभागका पाँच कर्मचारी निलम्बित

देशान्तर

काठमाडौँ । यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको भन्दै पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ ।

यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल एवम् नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले निजामती सेवा ऐनअनुसार बुधवार सचिवस्तरीय निर्णय गरी राजस्व दाखिलामा अनियमितता गरेको प्रारम्भिक अनुसन्धानबाट प्रमाणित भएकाले निलम्बन गरेकोे विभागले जनाएको छ ।

यससम्बन्धी थप अनुसन्धानका लागि आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाइएको पनि उनले बताए ।