देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनको लागि एकीकृत सुरक्षा नीति तयार

देशान्तर

हेटौँडा । गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले मधेस केन्द्रित दलहरुले तराईका जनताका नाममा आफ्नो हठ र दम्भ त्यागी जनताको प्रत्यक्ष सरोकार राख्ने स्थानीय निर्वाचनलाई सदुपयोग गर्नुपर्ने बताएको छ ।

नेपाली काँग्रेस मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका–८ कमाने र वडा नं १३ पदमपोखरीमा बुधवार आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता बानियाँले स्थानीय विकास निर्माणका आयोजनालाई पूर्णता दिनका लागि आगामी निर्वाचनमा निर्भीक भई मतदान गर्न आग्रह गरे ।

यसैबीच राज्यमन्त्री बानियाँले मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको बुधवार निरीक्षण गर्दै वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा शान्ति सुरक्षा मजबुत बनाई मतदातालाई आआफ्नो मतदान केन्द्रमा पुग्न सक्ने वातावरण तयार गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक गणेश केसीले मध्यमाञ्चलको काठमाडौँ उपत्यकाबाहेक १६ जिल्लाको अति संवेदनशील केन्द्र पहिचान गरी सुरक्षा पु¥याउने उद्देश्यले एकीकृत सुरक्षा नीति तयार भइसकेको बताउँदै मतदान सुरु हुनु चार दिन अगाडि एकीकृत सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।