देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समिक्षा र कृष्णको ‘नो मनी’ गीतको म्यूजिक भिडियो सार्वजनिक

देशान्तर

 

काठमाडौँ – समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । भिडियोको कथावस्तुमा पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ ।

 

 

घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पैसा पाउँदा पनि मोबाइलको डाटामा सकिने, पढाइमा कम मायामा बढि ध्यान जाने लगायतका बिषय गीतमा समेटिएको छ । यस गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए ।

यो गीत छायांकन गर्दा भक्तपुरको एउटा चोकको नाम नै ‘नो मनी चोक’ बनाईएको निर्देशक निरौलाले बताए । ए प्लस स्टुडियोमा रेर्कडिङ भएको गीतलाई कुसल थापाले रेर्कडिङ गरेका छन् भने साजन साहले मिक्सीङ तथा मास्टरिङ गरेका छन् ।

गीतको भिडियोलाई शुसिल डाँगीले छायांकन गरेका छन् भने निराजन केसीले सम्पादन गरेका छन् ।

भिडियोः

 

प्रतिक्रिया दिनुहोस्