देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्लभ सङ्कटापन्न सालक शुक्लाफाँटामा

देशान्तर

कञ्चनपुर । पुनर्वास नगरपालिकाको पचगडीमा फेला परेको दुर्लभ सङ्कटापन्न वयस्क पोथी इन्डियन सालकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबार छाडिएको छ ।

सालकलाई इलाका वन कार्यालय पचगडीयाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सेक्टरका कर्मचारीलाई बुझाएको थियो । पोथी वयस्क सालकको लम्बाइ १५० सेमी र जिब्रोको लम्बाइ ४० सेमी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए । राति सक्रिय हुने सालकले आहाराका रुपमा धमिरा र कमिला खाने गर्छ ।

तराईको घना वनको रातोमाटो भएका क्षेत्रमा सालक पाइने गरिन्छ । अधिकृत चौधरीले भने, “सालकको कत्ला र छालाका लागि यसको तस्करी बढ्दो रुपमा रहेकाले यसको संरक्षण गरिनु जरुरी छ ।”

सालकबारे छुट्टै अनुसन्धान र सर्वेक्षण नगरिए पनि निकुञ्जभित्र र आसपासका क्षेत्रमा यसको सङ्ख्या निकै थोरै मात्रामा रहेको निकुञ्जका रेन्जर यमबहादुर रावतले बताए । उहाँका अनुसार सालक १५ देखि २० वर्षसम्म बाँच्ने गर्छ । सालक यहाँ पाँच वर्षपछि पहिलो पटक देखा परेको हो ।