देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अचानक कोठामा एउटा मुसा दगुर्‍यो


तसलिमा नसरिन– हिँड् तँलाई एउटा मज्जाको कुरा देखाउँछु ! यसो भनेर सराफ मामा उभिनु भयो र आँगनको पूर्व मेरो दाइको कोठाको दक्षिण दिशामा हाम्रो घरको अन्तिम छेउमा कालो टिन छापेको कोठानिर ज्यान ढाल्नुभयो । उहाँको पछि म हिँड्न थालेँ । त्यो कोठाको सामुन्नेको ढोका बन्द थियो । पछिल्तिरको ढोका एक खास तरिकाले खोल्न सकिन्थ्यो । घरको यसतर्फ कुनै आवाज थिएन । घरको पछिल्तिरको बारी सिमीको पुरानो लहराले घेरिएको थियो । म त्यहाँ साँपको डरले जाँदैनथेँ । मेरा कान्छा दाइले एकपटक त्यो झाङभित्र साँप देख्नु भएको थियो । सराफ पछिपछि हिँड्दै मैले झाङमा पाइला टेक्नुअघि भने– ‘सराफ मामा यो जंगलमा साँप छन् ।’

डराउनु पर्दैन आ तँलाई यस्तो कुरो देखाउँछु जसबारे कसलाई थाहा छैन । मामाले निश्चित भएर झाङभित्र खुट्टो चाल्नु भयो । त्यसपछि उहाँलाई थाहा होस्, साँपहरू सब दुलाभित्र सुतेका होलान् ।
‘कस्तो कुरो, पहिले बताउनुस्’ मैले त्यता जान हच्किँदै भने ।

बाहिरकाहरू औलो छिराएर ढोका खोल्दै सरफ मामा भित्र पसे उहाँका पछिपछि एकै दगुराइमा मैले पनि त्यो झाङ पार गरेँ । त्यस मज्जाको कुरा हेर्न म ज्यान हत्केलामा लिएर साँपवाला झाङ नाघेर आएको थिएँ ।

सराफ मामाको त्यस गोपनीय कुराहरूले ममा जागा भएको थियो । कोठामा पस्नासाथ मरेका मुसाको दुर्गन्धले मेरो नाक खुम्चेको थियो । मलाई भयभीत देखेर, यदि सराफ मामाले मथहोस नै बडो बुध्दु होस्, बिराली होस्, यही सोचेर डराएर पनि म यो भन्न सकिरहेको थिइनँ । सराफ मामा अत्यन्त साहसी हुनुहुन्थ्यो । उहाँ एक्लै सारा सहर घुम्नु हुन्थ्यो । नदी पारि पनि जानुहुन्थ्यो । उहाँको साहसमा मुग्ध हुँदै भित्रको डरले भित्रै लुकाएर मैले सराफ मामासँग सोधें मामा नदी पारि के साँच्चिकै फटिङटिङ हुन्छ ।
उहाँले फल्याकमाथि खुट्टो झुन्ड्याएर बस्दै भन्नु भयो । अहँ ।

‘एकदिन मलाई पनि त्यहाँ लानु हुन्छ ।’ मैले उहाँलाई आग्रह गरेँ ।
मेरो पेटमा एक औंलोले मिच्दै उहाँले भन्नुभयो । ‘तँ डराउन त डराउन्नस् ।’

‘अहँ’ मैले आफ्नो डर लुकाउँदै भनेँ । ‘होइन तँ पक्कै डराउँछस्’ उहाँले मेरो टाउकामा प्याट्ट गर्दै भन्नुभयो ।
विश्वास गर्नुस्, म अलिकति पनि डराउँदिन अब त म ठूलो भइसकेँ । अब डराउँदिन हेर्नुस् आज यो जंगलसमेत पार गरेँ । अब केलाई डराउने ? म बडो विश्वाससाथ बोलेँ ।
मलाई विश्वास छैन, तँ जरुर डराउँछस् ।’ सराफ मामाले उघ्रेको ढोकालाई कुहिनाले ठेलेर धकेली दिनुभयो ।
मैले सराफ मामाको हात छुँदै भने ‘साँच्चै विद्या कसम देव कसम म एकदम डराउन्न ।’
सराफ मामाले भने ‘यो ठाउँ राम्रो छ यहाँ कोही छैन । कसैलाई हामी यहाँ भएको पत्तै चल्दैन ।
उहाँको यस्तो बानी पनि थियो । उहाँ बीचबीचमा अचानक गायब हुनुहुन्थ्यो । एकपटक भान्छा पछिल्तिर मलाई लगेर भन्नुभएको थियो ‘एउटा रमाइलो कुरा खान्छेस् ?’ उहाँले आफ्नो खल्तीबाट सलाईको बट्टा झिकेर बिँडी सल्काउनु भएको थियो । सराफ मामाले चुरोटको सर्काे लिँदै मुखबाट धुवाँ झिक्दै त्यो सल्किरहेको बिडी मलाई पनि दिएर भन्नु भएको थियो । ‘ल तँ पनि तान’ मैले पनि सर्काे तान्दै मुखले धुवाँ झिकेको थिएँ उहाँले भन्नुभएको थियो, कसैसित भन्न त भन्दिनस् ?
‘मैले खोक्दै भन्दिनँ’ भन्ने भावले शिर हल्लाएको थिएँ ।

सराफ मामा यस्त विचित्र व्यक्ति हुनुहुन्थ्यो । घरमा कसैको वास्ता गर्नु हुन्नथियो । जे मनमा आयो, लुकिछिपी त्यो गरिरहनुहुन्थ्यो ।
‘सराफ मामाका आँखा टल्किए । यस समय न उहाँको हातमा बिँडी थियो न सलाई । उनको खल्तीमा कुन चुम्बक पनि थिएन । थाहा भए । उहाँ हामीलाई चुम्बकको तमासा देखाउनु हुन्थ्यो । त्यस बखत मलाई चुम्बक बारे केही थाहा थिएन । अहँ तलाई जादु देखाउँछु । भनेर मैले पनि एक फलामको टुक्रालाई छु मन्तर भनेर कुनै सिक्रीमा टाँस्ने कोसिस गर्नु भएको थियो । त्यो टाँस्सियो । मैले पनि त्यस्तै गर्न खोजे, तर त्यो ताँस्सिएन सराफ मामा मेरो प्रयत्न देखेर हाँस्नु हुन्थ्यो ।

उहाँलाई ठेलेर हटाउने कोसिस गर्दै मैले कराएर भनेँ ‘यो के गरेको मामा हट्नुस्, जानुस्, हट्नुस् ।’

सराफ मामाको खैरा आँखाको टल्केर उहाँको ओठमा खेलिरहने त्यो अनौठो मुस्कानकै बारेमा ठ्याक्क भन्न सक्दिनँ । अब तलाई त्यो मजाको कुरो देखाउँछु भनेर उहाँले सर्लक्क उचालेर मलाई त्यो फल्याकमाथि बसाइदिनुभयो । मैले एउटा इलास्टिकवाला कट्टु लगाएकी थिएँ । सराफ मामाले त्यो तानेर तल्तिर झार्नुभयो ।

मलाई बडो अचम्म लाग्यो । आफ्ना दुवै हातले कट्टु वा हाफ प्यान्ट तानेर मास्तिर ल्याउँदै मैले भनेँ जुन मज्जाको चिज देखाउने हो, त्यो देखाउनुस् मलाई नांगो किन तुल्याउन खोज्नु भयो ? सराफ मामा यहाँबाट हट्नुस् हटिया कुरा मैले कराएर बोलेँ ।

सराफ मामाले हाँस्दै आफ्नो शरीरको सारा भारी ममाथि बिसाउनुभयो । त्यसपछि फेरि मेरो कट्टु तानेर आफ्नो कट.टुबाट बाहिर झिकेर मेरो शरीरमा टाँसिदिनुभयो । मेरो छातीमाथि दबाब बढ्नाले मेरो सास रोक्किन थालेको थियो ।

उहाँलाई ठेलेर हटाउने कोसिस गर्दै मैले कराएर भनेँ ‘यो के गरेको मामा हट्नुस्, जानुस्, हट्नुस् ।’

मैले उहाँलाई जिउको सारा तागत लगाएर पनि हल्लाउनसमेत सकिनँ । ‘तँलाई जुन कुरा देखाउन चाहन्थे त्यो यही कुरा हो ।’ सराफ मामाले हाँस्दै आफ्नो दाँत कसेर किट्नुभयो ।
‘थाहाँ छ, यसलाई के भन्छन्.. दुनियाँमा सबै यो गर्छन् । तेरी अम्मा बब्बु पनि गर्छन् । मेरा पनि ।
सराफ मामा आफ्नो इन्द्रीयलाई निकै तागत लगाएर ठेलिरहनु भएको थियो । मलाई एकदम नराम्रो लागिरहेको थियो । लाजले गर्दा मैले आफ्ना आँखामाथि आफ्नो राखेर तिनलाई छोपिदिएँ ।
अचानक कोठामा एउटा मुसा दगु¥यो आवाजले सराफ मामा आत्तिएर उठेँ । म आफ्नो कट्टु तानेर त्यो कोठाबाट भागेँ । झाङहरू पार गर्दा साँपको डर मनमा आउँदै आएन । मेरो मुटु यति चड्का चलिरहेको थियो कि जस्तो त्यहाँ पनि कुनै मुसो दगुरिरहेको होस् । सराप मामा त्यही थिए । म दगुर्दादगुर्दै सराफ मामाले पछिल्तिरबाट अद्भुत स्वरमा भन्नुभयो । ‘यो कुरा कसैसँग नभन्नू । भनिस् भने सर्वनाश हुन्छ ।’
चर्चित (तसलिन नसरिन एक लेखिका हुन् । उनी कविता, कथा, लेख आदि सबै साहित्यिक विधामा लेख्दछिन् उनका केही पुस्तक पनि अनुवाद भएका छन् ।
उनको आत्मकथा धेरै खण्डमा प्रकाशित र संसारमा कतिपय भाषामा अनुवादित छन् त्यही आत्मकथाको पहिलो खण्ड जुन हिन्दी अनुवाद वचन के दिन शीर्षकले प्रकाशित भएको छ को एक अंशको स्वतन्त्र प्रस्तुति )