देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तालतलैया र खोला सुक्न थाले

देशान्तर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका तालतलैया र खोलानाला खडेरीका कारण सुक्न सुक्नथालेपछि संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले पानी नपरेकाले तालको सतह घट्न थालेको बबताए । उनले पानीका स्रोत खोजेर सफा गरी व्यवस्थापन गर्नुपर्ने भएकाले तयारी गरेको जानकारी दिए ।

चितवनको पूर्वी सेक्टरमा पर्ने मूल खोलाका कारण पुरानो पदमपुर क्षेत्रको घाँसेमैदान र तालतलैयामा दुर्लभ वन्यजन्तुको उपस्थिति राम्रो छ । अहिले सोही क्षेत्रमा ताल निर्माण गरेर कोसीबाट ल्याइएका १५ अर्ना राखिएको छ । अर्नाका लागि बनाइएको तालको सतहसमेत घट्न थालेको पाठक बताउछन् । केही ताल सुकेका छन् भने केही तालमा मिचाहा प्रजातिका झारले कुरुप बन्दै गएको छ । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुका लागि अत्यावश्यक मानिने तालका पानीको स्रोत चुरे क्षेत्र हो । वन र पानीको मुहान संरक्षणमा सबै लाग्नुपर्ने आवश्यक रहेको चरा विज्ञ तथा संरक्षणकर्मी टीका गिरीले वताए। चितवन निकुञ्जमा मात्रै झन्डै पाँच दर्जन ताल छन् ।

पानीका स्रोत व्यवस्थापन आवश्यक बाइसौँं वन्यजन्तु सप्ताहको अवसरमा आज चितवन निकुञ्जको सो क्षेत्रमा पानीको सतहको अवस्थाबारे स्थलगत अनुगमन तथा सरसफाइ कार्यक्रम भएको छ ।

सप्ताहको पाँचौँ दिन मंगलबार क्षेत्रीय होटल सङ्घ, क्षेत्रीय रेवान, हात्ती तथा जिप बुकिङ सेन्टर, चितवन जिप सफारी र निकुञ्ज जिप सफारीको संयोजनमा यहाँका ४० सङ्घसंस्थाको सक्रियतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले पर्यटन व्यवसाय फस्टाउन वन्यजन्तुको संरक्षण हुनुपर्ने र वन्यजन्तुको संरक्षणका लागि तालतलैया अति आवश्यक पर्ने भएकाले खोलानाला र तालको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

सङ्घका महासचिव राममणि खनाल वन्यजन्तुको चरन बढाउन पनि पानीको व्यवस्थापन अपरिहार्य भएको उल्लेख गर्दै यसतर्फ ध्यान दिन आग्रह गरे ।