देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकै थलोमा तीन कृति लोकार्पण

देशान्तर

काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा डा. हेमनाथ घिमिरेका छातीभित्र देश दुख्दा, महिना र ऋतु तथा बादलपानी तीन कृति लोकार्पण गरिएको हो ।

८३ वर्षकी आमा इन्दिरा ज्ञवाली, लेखक हेमनाथ घिमिरे, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, डा. हरिहर खनाल, लेखककी श्रीमती लीलामाया घिमिरे लगायतलबाट कृति लोकार्पण गरिएको हो । छातीभित्र देश दुख्दा कविता सङ्ग्रहका कवितामा देशप्रेमको भावना भएको कुरा वक्ता रामबाबु सुवेदीले व्यक्त गरे ।

गायक सुदर्शन राणाले हेमनाथका गीत गाए । लक्ष्मी घिमिरे,शिवन्या भट्टराई, सात्वना तिमिल्सिनाले कविता वाचन गरे । डा. शेखर कुमार श्रेष्ठ, प्रकाश लामिछाने, अनुपमा रेग्मी, पूर्व सचिव विजयराज भट्टराई, कवि रामचन्द्र न्यौपानेले लेखकलाई शुभकामना दिए ।

लेखक हेमनाथले पुस्तकका सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, प्रकाशक लीलामाया घिमिरे र उपस्थित सबैलाई धन्यवाद दिँदै साहित्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन कवि रञ्जना निरौलाले गरेकी थिइन् ।