देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्याङ्करको ठक्करबाट एकको मृत्यु

देशान्तर

भक्तपुर। मध्यपुरथिमि नगरपालिका गठ्ठाघर चोकमा गएराति एक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको ना ४ ख ५२५८ नम्बरको ट्याङ्करले सानोठिमीबाट गठ्ठाघर हँुदै कौशल्टारतर्फ जाँदै गरेको बा ८३ प ९४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार बस्ने १९वर्षीया सुष्मा कुटुको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

दुर्घटना पछि नागरिक अस्पतालमा उपचारको क्रममा कुटुको ज्यान गएको जानकारी दिँदै प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्याम ओलीले ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको वताए ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ वन समिति बजार नजिकै ना ३ ख ३९५५ नम्बरको बसले ठक्कर आज दिँदा ३७ वर्षीय कैलाली हसुलियाका वसन्तराज विकको घटनास्थलमै मृत्यु भएको छ ।

महेन्द्रनगरबाट कैलालीको धनगढी तर्फ से १प ४५५५ नम्बरको मोटरसाइलमा जाँदै गरेका विकलाई विपरित दिशाबाट आउँदै गरेको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।

मोटरसाइलको पछाडि सवार विककी श्रीमती अन्दाजी ३५ वर्षीय मीना विक गम्भीर घाइते भएपछि उपचारार्थ महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । ठक्करबाट मृत्यु भएका विकको शव परीक्षणका लागि सोही अस्पतालमा पु¥याइएको छ ।

बस प्रहरी नियन्त्रणमा रहेपनि चालक भने फरार रहेका छन् ।