देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भयरहित ढङ्गबाट स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन चार वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई आज बालुवाटार बोलाएर आपसमा आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन र्दिका हुन् ।

प्रधानमन्त्रीले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा सुरक्षा अङ्गका प्रमुखले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए ।