काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् ।
यसैगरी, मिडवाइफ्रीतर्फ भने तीन जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् । काउन्सिलले वर्षमा तीन पटक लाइसेन्स परीक्षा लिंदै आएको छ ।
काउन्सिलले उत्तीर्ण परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र, नागरिकताको सक्कलप्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल दुई प्रति र एडमिट कार्डलिएर काउन्सिलमा सम्पर्क राख्न आग्रह गरेको छ ।
प्रतिक्रिया