देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातन्त्रका योद्धालाई कांग्रेसका युवा नेताको सहयोग

देशान्तर

काठमाडौं । कुनै बेला मार्शल जुलुम शाक्यको एक आह्वानमा सिंगो काठमाडौं उर्लिन्थ्यो । प्रजातन्त्र प्राप्तीको लडाईमा उनको योगदान अतुलनीय रहेको छ । नेपाली कांग्रेसमा आवद्ध भएर प्रजातन्त्र प्राप्तीको लडाईमा होमिएका शाक्य एक हकि, निडर र लोकप्रिय नेता थिए । उनै शाक्य यतिबेला खराब स्वास्थ्य अवस्थाका कारण थलिएका छन् । लामो समयदेखि थलिएका उनलाई महङ्गो उपचारको खाचो छ ।

यही आवश्यकतालाई बोध गरी शाक्यको उपचारका लागि कांग्रेसका युवा नेताहरूले सहयोग गरेका छन् । उनीहरुले नयाँ वर्षको पहिलो दिन नै शाक्यको निवासमा पुगि सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसरी सहयोग गर्नेहरूमा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाली कांग्रेस काठमाडौंका नेता प्रगतिमान रञ्जितलगायतका युवा नेताहरु छन् ।

प्रजातन्त्रको मर्म बुझ्नेहरूले मात्र प्रजातान्त्रका लागि लड्ने योद्धाहरूको दु:खमा साथ दिन्छ र सम्मान गर्न जान्दछ भन्ने महासमिति सदस्य भण्डारीले सावित गरेको रञ्जितले बताए । प्रजातन्त्र पुनस्र्थापनाका लागि आफ्नो यौवन देश र जनताका लागि अर्पण गरेका शाक्यको स्वास्थ्य उपचारका लागि भण्डारीले रु.६१ हजार एक सय ११ रुपैयाँ हस्तान्तरण गरेका हुन् । साथीहरूको सल्लाहमा जम्मा गरेको रकम हस्तान्तरण पछि उनले आवश्यक परे थप सहयोग गर्ने वचन पनि दिए ।

नेपाल तरुण दलका सभापति जितजंग बस्नेतले पनि पार्टीसँग सहयोगका लागि आवाज उठाउने प्रतिबद्धता गरेका छन् । शाक्यको उपचारका लागि सहयोग जुटाउन सरकार तथा कांग्रेस नेतृत्वसँग काठमाडौं कांग्रेसका युवा नेता प्रगतिमान रञ्जितसहितका नेताहरू लागिपरेका छन् ।