देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेन संकटका कारण गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दाबी

देशान्तर

काठमाडौं । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन संकटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेका छन्।

उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ । खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य संकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताए।

‘यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भने।

खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य संकटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेका छन्।

विश्वका धेरै देशमा खाद्य संकटसँगै उर्जा संकट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ । उर्जा संकटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गरेका छन्।

गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै संकटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिए।