काठमाडौँ — नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा टस तिजेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । यी दुई टोली बीच दुई खेलको शृंखला हुनेछ ।
सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले पहिलो पटक घरेलु भूमिमा द्विपक्षीय शृंखला खेलिरहेको छ । नेपालले पीएनजीसँगको पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ ।
नेपालबाट देव खनालले ‘डेब्यु’ गरिरहेका छन् । नेपालबाट यू १९ एसिया कपमा कप्तानी गरिसकेका देवले कुशल भुर्तेलसँग ओपनिङमा ब्याटिङ गर्ने सम्भावना बढी रहेको छ ।
सन्दीप लामिछानेले घरेलु शृंखलामा पहिलो पटक कप्तानी गरिरहेका छन् । नेपालले पीएनजीसँग विक्रम सोब, सुशन भारी, गुलशन झा र सागर ढकाललाई खेलाएको छैन ।
पीएनजी र नेपाल दुवै यूएईमा क्रिकेट विश्वकप लिग २ को खेलहरु खेलेर काठमाडौं आएको हो ।
प्रतिक्रिया