देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किन गरिन मुक्त कमलरी मञ्चकी अध्यक्षद्वारा आत्महत्या

देशान्तर

 

बर्दिया । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् ।

बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए ।

चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । यसैबीच, बारबर्दिया–९ दक्षिणटोलमा जुवा खेलिरहेका आठ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीबाट खटिएको टोलीले उनीहरुबाट ५७ हजार ८४५ रुपैयाँ नगद समेत बरामद गरेको छ ।