देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्घटना हुँदा दुई जनाको मृत्यु

देशान्तर

काभ्रेपलाञ्चोक जिल्लाको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ भीमखोरीको पिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार भएको उक्त दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

राईका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुङ्गाका २२ वर्षीय मीनबहादुर पौडेल र पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय मदन बुढाथोकी रहेका छन् । पौडेलको घटनास्थलमै र घाइते बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको राईले बताए ।

दुर्घटनापछि बस चालक सिन्धुली पकुरठाकुर–८ निवासी ३२ वर्षीय टोपबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बनेपाबाट सिन्धुलीतर्फ गइरहेको बा ४५ प ६७५३ नं मोटरसाइकलले सोही दिशातर्फ गइरहेको ना १ ज ४६९५ नं सुमोलाई उछिन्न खोज्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा ४ ख ६०३ नं को यात्रुबाहक बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।

उक्त घटनामा परी घाइते भएका छ जनाको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।