ए मेरिआमा सुनिदेउन
मेरा चित्कारहरु
म पनि तिम्रै सन्तान हैन र
छोरालाई जत्ती अधिकार मलाई किन छैन
तिम्रो पार्थिव शरिरमा
पिताम्बरी ओढाएर
एकोहोरो अशुभ शङ्क फुक्दै
मलामीहरुको एउटा लस्कर बिच
राम नाम सत्री हो जप्दै
तिम्रो पार्थिव शरिरमा काध लगाउने अधिकार मलाई किन छैन ?
आमा,
तिमी मेरि आस्थाकी धरोहर हौनि
तिमि मेरि ममता कि खानी हौनी मेरै काखमा प्राण त्यागेकी तिमिलाई
मैले दागबत्ती दिन किन मिल्दैनर ?
तिम्रा ती चिरा परेका अनमोल
पाउमा मेरा निधार झुकाएर
अन्तिम आशिष थाप्न के हुन्छ ?
यो समाज किन बन्देज गर्दै छ मलाई
के यो सब छोरी हुनुको अर्थमार ?
तिम्रो बिदाईमा मैले पनि
एक थुङा फुल चढाउन
एक मुठी अबिर छर्किन
सुगन्धका सौगात रुपि
एक सिन्को अगरबत्ति बाल्न
किन छेक्छ यो समाज ?
अझै,
तिम्रो चिता जलिरहदा
यी मेरा अभागी नयनहरुले
आगाका ज्वालामा
तिम्रो भावाना पढ्दै
तिमिलाई अन्तिम बिदाईको हात हल्लाउन समेत किन दिदैनन ?
मझेरिको कुनामा
अरु सरह छोपो ओढेर
क्रिया बार्ने मेरो कर्तव्य माथी
किन औंला उठाउछ यो समाज ?
बिचार बुझ्न र सिधा ढाक्न आएका
आफ्नाका भिड्मा
ती सबैका बिचार वाणी नियालेर
तिनका सान्त्वना बटुल्न
किन छेक्छ यो समाज ?
के म विबाहित छोरी हुनुको कारण हो ?
गरुड पुराणका उपदेशहरु श्रवण गर्दै
ढिकुरो फुटाउन सरिक हुँदै
तिमिलाई पिण्ड अर्पण गरेर
पित्री तर्पण गर्न
म किन बिटुलो भए ?
आमा
मलाई पनि नौ महिना नै कोखमा राखेकि हैनौ र ?
उहीँ मातृत्वको दशधारा अमृत
पिलाएकी हैनौ
आखिर म दोशी के मा
आखिर म दोशी के मा ?
सुशीला भट्ट ✍️
नुवाकोट , नेपाल
प्रतिक्रिया