देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवराज सिलवाल फेरि पुगे अदालत, अर्यालको नियुक्ती बदर गर्न माग

देशान्तर

काठमाडौं । दोश्रो पटक पनि नेपाल प्रहरीको प्रमुख नबनेपछि फेरि आफुलाई अन्याय भएको भन्दै डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतमा पुगेका छन् । सोमवार राती सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुखमा बढुवा गरी दज्र्यानी चिन्ह समेत प्रदान गरिसकेको छ । सिलवालबाट दर्ता गरिएको रिट निवेदनमा अर्यालको नियुक्ति खारेज गरी आफूलाई आइजीपी बनाउन माग गरिएको छ ।

यसभन्दा अगाडि सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्ती गर्दा समेत सिलवाल चन्दको नियुक्ती बदर गर्न माग गर्दै अदालत गएका थिए । अदालतले सिलवालको माग बमोजिम चन्दको नियुक्ती बदर गरेको थियो । मंगलबार बिहान सिलवालले दर्ता गराएको रीटमा बुधबारका लागि पेशी तोकेको छ ।

आफू ज्येष्ठ डीआइजी हुँदाहुँदै र सर्वोच्च अदालतका पाँचजना न्यायाधीशले गरेको फैसलाविपरीत अनधिकृत एवं कीर्ते फाइल खडा गरेर अर्याललाई आइजीपी नियुक्त गरिएको सिलवालको रिट निवेदनमा जिकिर छ । बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको कानूनी परामर्शअनुसार डीआइजी सिलवालले रीट दर्ता गराएको बताइएको छ ।