ललितपुर – अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताए । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५आँै स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे ।
बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गरेका छन् । ।
सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्थाबारे छलफल गर्नु आवश्यक भएको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटनस्थित देव भीमसेन मन्दिर पुनःनिर्माणमा आफूहरुले सरकारसँग एक पैसा नलिइ सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्दै सो स्थानमा रहेका विभिन्न मूर्त तथा अमूर्त सम्पदा प्रवद्र्धनका लागि पर्यटकको बसार्इं लम्ब्याउन जरुरी भएको बताउनुभयो ।
सङ्घका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले हरेक वर्ष मुलुकमा रु पाँच खर्बको अवैधानिकरुपमा कपडा व्यापार हुने गरेको उल्लेख गर्दै सो नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले ललितपुरभित्र उत्पादन भएका र हुने गरेका थुप्रै वस्तु निर्यातमा सरकारले जोड दिएर मुलुककै सिङ्गो अर्थतन्त्रमा टेवा पु¥याउनसक्ने भनाइ राखे । कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया