देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुलिया मिठाई खानु हुन्छ ? रोगको सिकार भइएला नी !

देशान्तर

काठमाडौं । चिल्लो र गुलियो खानेकुरा स्वास्थ्यको लागि हानिकारक हुन सक्ने चिकित्सकहरूले बताएका छन् । त्यसैले खानपानमा सजग हुनुपर्ने उनीहरूको सुझाव छ ।

पोषणविद् पूर्णचन्द्र वस्ती पर्वको नाममा अस्वस्थ खानेकुरा खाने चलनले मानिसहरू घातक रोगको सिकार हुन थालेको बताउँछन् ।
स्वास्थ्यमा नकारात्मक असर नपर्ने खानपानमा ध्यान जानुपर्ने उनको भनाइ छ । उनका अनुसार अहिले बढ्दो सुगर, प्रेसर एवं अन्य कारणले पहिले जस्तो ध्यानै नदिई मिठाई खाने चलन घट्दो छ । मिठाई चियासँग, खाजा वा खानापछि डेजर्टका रूपमा तथा खुसी साटासाट गर्न प्रयोग गरिन्छ । स्वास्थ्यका दृष्टिले मिठाईलाई मिठाईकै रूपमा थोरै खन पोषणविद् वस्तीको सुझाव छ ।

यस्ता परिकारले ग्यास्ट्रिकको समस्या निम्त्याउनुका साथै लामो समयसम्म अन्य कुनै पनि खानेकुरा खान मन नलाग्ने समस्या हुने पनि उनले बताए । यसरी धेरै समय भोकै बसेर चिल्लो खाँदा ग्यास्ट्रिकको समस्याले झनै बढी पीडा दिन्छ ।

यस समयमा धेरै क्यालोरीयुक्त खानेकुराको बढी खाइने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकको भनाइ छ । तिहारका गुलिया परिकारबाट मधुमेह, रक्तचापलगायत रोग भएका व्यक्तिले टाढै रहनुपर्ने उनीहरूको सुझाव छ ।

डा. सुदिप श्रेष्ठ मिठाई तथा जेरीमा बढी चिल्लो र चिनी हुने भएकाले पनि उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीले छुन समेत नहुने बताउँछन् । उनले यस्तो परिकार सेवन गर्दा क्यान्सर, मुटु रोग, पक्षघात, मधुमेह, उच्च रक्तचापका रोगहरू निम्तिने बताए ।

उनका अनुसार जुनसुकै खानेकुरा पनि सीमित परिमाणमा खानुपर्छ । यस्तै, उच्च रक्तचाप र कलेजोका बिरामीले चिल्लो, घिउ एवं बोसोजन्य कुराहरू खानु नहुने पनि उनको सुझाव छ ।