देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको दोश्रो चुनावी आमसभा दाङको तुलसीपुरमा (फोटो फिचर)

देशान्तर

तुलसीपुर । नेपाली काँग्रेसको पाँच नम्बर प्रदेशस्तरिय वृहत आमसभा तुलसीपुरको अरनीको मैदानमा भइरहेको छ । कार्यक्रम ऐतिहासिक बनाउन काँग्रेसले गाँउ–गाँउ बाट कार्यकर्ता आमसभामा सहभागि भएको नेपाली कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले जानकारी दिए ।

कार्यक्रमलाई काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला, पूर्व महामन्त्री कृष्ण सिटौला, सिंचाई मन्त्री एवं केन्द्रीय सदस्य दिपक गिरी लगायतका नेता कार्यकर्ताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सिंचाई मन्त्री दीपक गिरीका अनुसार आमसभाको मुख्य उदेश्य निर्वाचनको माहोल निर्माण गर्नु हो र काँग्रेसलाई मतदान गर्न आग्रह गर्नु नै हो ।

गत संसदीय निर्वाचनमा दाङका पाँच वटै सिट नेपाली काँग्रेसले जितेकोले आगामी निर्वाचनमा पनि त्यही परिनाम आउने उनको दाबी थियो । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री गिरीले एमालेले सृजना गरेका भ्रम चिर्नका लागि समेत आजको कार्यक्रम महत्वपूर्ण सावित हुने बताए । शान्ति,संविधान र विकास निर्माणलाई काँग्रेसले आत्मसाथ गर्दै अगाडि बढेकोले त्यो जनतालाई बुझाउन आवश्यक रहेको मन्त्री गिरीले बताए ।