देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोलामा १८ सयले घट्यो सुन

देशान्तर

काठमाडौं – सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ।

सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदी आज तोलामा ३५ रुपैया घटेको छ। सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।