देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्र प्रहरीको जीप दुर्घटना हवल्दारको मृत्यू, दुईको अवस्था चिन्ताजनक

देशान्तर

दोलखा । दोलखा उत्तरी बिगु गाउँपालिको लामाबगर बाट सदरमुकाम चरिकोट तर्फ आउँदै गरेको शसस्त्र प्रहरीको जीप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

बा ९ च ९३६० नम्बरको जीप कालिञ्चोक गाउँ पालिका ७ झमार्सीमा दुर्घटना हुदा जीप चालक शसस्त्र प्रहरीका हवल्दार महोन बहादुर घिमिरेको मृत्यू जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

गाडीमा सवार शसस्त्रका प्रहरी नायव उपरिक्षक शम्भुजंग थापा र प्रहरी जवान शिव कुशवार माझीको अवस्था चिन्ताजनक रहेकोले उपचारको लागी हेलिकप्टर मार्फत काठमाडौं ल्याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले जानकारी दिए । दुर्घटना भएको स्थल सदरमुकाम चरिकोटबाट २० किलोमिटर टाढा रहेको छ ।