काठमाडौं । प्रोटिन यस्तो पोषक तत्व हो, जुन सबै मानिसको शरीरलाई आवश्यक पर्दछ । प्रोटिनले शरीरमा विभिन्न कोषिकाहरूको मर्मत गर्दछ र नयाँ कोषिका बनाउन मद्दत गर्दछ । यससँगै प्रोटिनको उचित मात्राले शरीरको तौल घटाउन र मसल्स बनाउन पनि मद्दत गर्दछ ।
हामी सबैलाई आफ्नो शरीरको तौलको ०।७५ प्रतिकिलोग्राम बोडी बेट प्रोटिन सेवन गर्नुपर्दछ । यदि कसैको तौल ८० किलो छ भने उसले ६० ग्राम प्रोटिन सेवन कुनै न कुनै रूपमा गर्नुपर्दछ ।
जो मानिस शारीरिक मिहिनेत गर्दछ उनीहरूले शरीरको वजनको १(१।५ प्रतिकिलोग्राम बोडी बेटको हिसाबमा एक्सपर्टको सल्लाह लिएर प्रोटिनको सेवन गर्नु आवश्यक हुन्छ ।
माछामासुलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । जो मानिसहरू शाकाहारी छन्, उनीहरूलाई प्रोटिन प्राप्त गर्ने कम सोर्सहरू रहेका हुन्छन् । आउनुहोस् हामी यहाँ शाकाहारीका लागि प्रोटिन प्राप्त गर्ने केही खाद्यवस्तुका बारेमा चर्चा गरौँ ।
प्रोटिनको राम्रो स्रोतका रूपमा तोफुलाई लिइन्छ । तोफु पनिर जस्तै हुने गर्दछ । यो सोयाबिनबाट बनाउने गरिन्छ । त्यसैले यसलाई सोया पनिर पनि भन्ने गरिन्छ । यो प्रोटिनको राम्रो स्रोत हो । १०० ग्राम तोफुबाट लगभग १०(१२ ग्राम प्रोटिन प्राप्त हुन्छ ।
यस्तै सोयाबिनलाई पनि प्रोटिनको राम्रो स्रोतका रूपमा लिइन्छ । ५० ग्राम सोयाबिनमा २५ ग्राम प्रोटिन पाइन्छ । विशेषज्ञहरूका अनुसार पुरुषहरूले प्रतिदिन ५० ग्रामभन्दा धेरै सोयाबिन खानुहुँदैन । किनकि सोयाबिनमा फाइटोएस्ट्रोजेन पाइन्छ जसले पुरुषहरूको शरीरमा रहेको नेचुरल एस्ट्रोजेनको लेबल बिगारिदिन्छ ।
त्यस्तै पनिरलाई पनि प्रोटिनको राम्रो स्रोतका रूपमा लिइन्छ । पनिर दूधबाट बन्ने गर्छ । १०० ग्राम पनिरमा लगभग १८(२० ग्राम प्रोटिन पाइन्छ । पनिरलाई कुनै पनि रूपमा खान सकिन्छ । जस्तै, काँचै या तरकारी बनाएर ।
त्यसैगरी बदामलाई पनि प्रोटिनको राम्रो स्रोतका रूपमा लिइन्छ । १०० ग्राम बदामका दानामा लगभग २५ ग्राम प्रोटिन पाइन्छ । बदाम खाँदा प्याकेटको सकेसम्म नखानु नै राम्रो हुन्छ । किनकि प्याकेटमा भएको बदाममा लामो समयसम्म फ्रेस राख्नका लागि प्रिजरबेटिब मिलाइएको हुन्छ ।
यस्तै दाललाई पनि प्रोटिनको राम्रो स्रोत मान्ने गरिन्छ । आधा कप पहेँलो या हरियो दालमा लगभग ८(९ ग्राम प्रोटिन पाइन्छ । प्रोटिनका लागि रहर, मुङ र चनाको दाल राम्रो मानिन्छ । पाकेको चनामा भरपूर प्रोटिन पाइन्छ । आधा कप चनामा लगभग ७।२५ ग्राम प्रोटिन पाइन्छ । यसमा क्यालोरी पनि धेरै पाइन्छ ।
त्यस्तै चिया सिडमा पनि प्रोटिन प्रशस्तै पाइन्छ । यो पोषक तत्वले भरपूर हुन्छ । २८ ग्राम चिया सिडमा ४ ग्राम प्रोटिन पाइन्छ । यसलाई कुनै पनि रूपमा सेवन गर्न सकिन्छ । एक रिसर्चका अनुसार यसले रातको भोकलाई ५० प्रतिशत कम गर्दछ ।
यस्तै हरियो मटरलाई पनि प्रोटिनको राम्रो स्रोत मानिन्छ । १०० ग्राम मटरको दानामा ५।४ ग्राम प्रोटिन पाइन्छ । यो स्वादसँगै पोषणका दृष्टिले राम्रो मानिन्छ ।
प्रतिक्रिया