देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योगमन्त्रीको आग्रहपछि सिमेन्टको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत

देशान्तर

काठमाडौं । केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन् । आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएका छन् ।

उद्योगमन्त्रीले पूननिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा कम मुनाफा लिएर नागरिकलाई सहयोग गर्न आग्रह गरेपछि मूल्यमा पूनर्विचार गर्न तयार भएको मन्त्रालयले जनाएको छ ।

केही दिनअघिदेखि सबै कम्पनीका सिमेन्टको मूल्यमा प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएका खुद्रा व्यापारी बताउँछन् । नागरिक दैनिकमा समाचार छ ।