काठमाडौं । रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलो पटक भित्रिएका ती प्रविधिमा रगत संकलनतर्फ ‘एफरेसिस’ र संक्रमण परीक्षणमा ‘क्लिया’ छन् ।
नेपालको रक्तसञ्चार सेवालाई थप सुदृढ बनाउन कोसेढुंगा ठहरिएका ती दुई नवीनतम् प्रविधिलाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उक्त केन्द्रले मंगलवारदेखि सुरुआत गर्दैछ ।
विभिन्न साझेदारका सहयोगमा रक्तसञ्चार सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्नसमेत थालनी गरिएको छ । केन्द्रका निर्देशक दिव्यराज पौडेलले भने, ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा स् नेपालको रक्तसञ्चार सेवा’को अवधारणालाई कार्यान्वयन गर्न यस केन्द्रले नयाँ प्रविधिमार्फत सेवा सुरु गर्न लागेको हो । यसले नेपालको रक्तसञ्चार सेवाको स्तर वृद्धिमा युगान्तकारी परिवर्तन ल्याउनेछ ।’
दाताका रगतमा हुने प्लाज्मा, रातो कोष, सेतो कोपा र प्लेटलेटजस्ता तत्वलाई छुट्याएर चाहिएको रक्ततत्व रक्तथैलीबाट झिकेर बाँकी तत्व दाताकै शरीरमा फर्काउने प्रविधिलाई नै ‘एफरेसिस’ भनिन्छ ।
यसैगरी अत्याधुनिक परीक्षण प्रविधिमा ‘क्लिया’ विश्वकै उच्च खालको नवीनतम् प्रविधि हो । ३०० देखि ४५० मिलिलिटर पूर्ण रगत ९ध्जयभि दयियम० दान भइरहेकामा एफेरेसिस प्रविधिले खासगरी प्लेटलेट र प्लाज्मा चाहिएमा ती तत्व मात्रै दान गर्न र प्राप्त गर्न सकिन्छ । यस प्रविधिबाट दान गर्दा दाताले अर्को पटक दान गर्न तीन महीना पनि कुर्नुु नपर्ने जानकारी दिइएको छ ।
उनले भने, ‘एफरेसिस प्रविधिबाट एक÷एक महिना वा अत्यावश्यक परेको बेला त्योभन्दा कम अन्तरमा पनि दान गर्न सकिने भएकाले दाता उपलब्ध गराउन सघाउ पुर्याउँछ । रगत आवश्यक परेको बिरामीलाई जुन तत्व चाहिएको हो, त्यो मात्रै दिँदा बढी प्रभावकारी हुन्छ । क्यान्सर पीडित र प्लेटलेट कम हुने रक्त समस्या भएकालाई यसले सहज बनाउनेछ । ६ देखि ८ युनिट पूर्ण रगत चढाउनु पर्नेलाई एफरेसिस एक युनिट प्लेटलेट मात्रै चढाए पुग्छ ।’
रक्त जीवाणु परीक्षणमा ‘क्लिया’
रगत संकलन शिविर अथवा रक्तसञ्चार केन्द्रमा संकलन भएको रगत बिरामीलाई दिनुपूर्व अनिवार्य विभिन्न जीवाणु परीक्षण गरिनु पर्छ । केन्द्रीय रक्तसञ्चार सेवामा र्यापिड वा इलाइजा प्रविधिबाट हुने गरेको ह्युमन इमिनु डिफिसेन्सी भाइरस, हेपाटाइटिस बी र सी भाइरसका साथै ट्रिपोनियमा प्लाडियम परीक्षण मंगलवारदेखि क्लिया प्रविधिबाट हुने जानकारी दिइएको छ ।
‘यसबाट परीक्षणको गुणस्तर बढ्ने र बिरामीलाई अझै सुरक्षित रगत प्राप्त हुनेछ । बिरामीको सुरक्षा पहिलो प्राथमिकता हो,’ निर्देशक पौडेलले भने ।
उक्त केन्द्र र स्वास्थ्य मन्त्रालयले रगतको शुल्क समायोजनका लागि गृहकार्य गरिरहेको छ । यसको निर्णय नआएसम्मका लागि सो प्रविधिबाट तयार हुने रगत वा रक्ततत्वको ‘क्रसम्याच’ बाहेक प्रतियुनिट एक हजार १०० परीक्षण शुल्क कायम गरिएको जानकारी दिइएको छ ।
यसैगरी रक्तसञ्चार सेवामा प्रविधिमैत्री व्यवस्थापन कार्यान्वयनमा ल्याइएको छ । उनले भने, ‘रगतको उपलब्धता तथा प्रतिवेदनमा विद्युतीय प्रणाली प्रयोगका लागि क्षमता अभिवृद्धि कार्यक्रम सोमवारदेखि शुरु गरिएको छ ।’
रेडक्रसको अन्तरराष्ट्रिय महासंघ ९आइएफआरसी० तथा लाइफ बैंकको प्राविधिक सहयोगमा रक्तदान शिविरदेखि वितरणको प्रणालीसम्म विद्युतीय प्रणाली अवलम्बन गरिने निर्देशक पौडेलले जानकारी दिए ।
यसबाट अस्पताल, दाता र बिरामीले सहजै रगतको मौज्दातबारे जानकारी पाउने छन् । केन्द्रमा रगत लिन आउने बिरामीका आफन्तले सहजै ‘डिस्प्ले’मार्फत सूचना तथा अन्य जानकारी पाउनेछन् । अगामी वैशाखसम्ममा यसको तयारी पूरा हुने जानकारी दिइएको छ । रासस
प्रतिक्रिया