काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य पाँच सयले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुन तोलामा पाँच सयले घटेर एक लाख दुई हजार ३०० रुपैयाँ पुगेको छ ।
आइतबार सुन तोलाको एक लाख २ हजार ८ सय रुपैयाँ कायम गरेको थियो । महासंघका अनुसार तेजावी सुन भने तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । आइतबार तेजावी सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि १० रुपैयाँले ओरालो लागेको छ । आज चाँदी तोलाको १४ सय २५ रुपैयाँले किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया