काठमाडौँ । चालू आर्थिक वर्ष २०७८र७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ ।
कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादनमा गम्भीर गृहकार्य नगरेको एक मात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना आर्थिक वर्षको अन्त्यतिर जडीबुटीको खोजीमा लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले आयुर्वेदिक औषधि उत्पादनलाई उच्च प्राथमिकतासाथ अघि बढाउन निर्देशन दिएपछि वैद्यखाना औषधि उत्पादन बढाउने गरी तयारीमा जुटेको छ ।
प्रतिक्रिया