देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नुहाउन गएका तीन बालबालिका भेरी नदीमा बेपत्ता

देशान्तर

वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका बताइएको छ ।

हिजो साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीय गङ्गा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।